play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको आरोपमा होटल सञ्चालक पक्राउ

0

चैत ७ । होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो ।
होटलभित्र अवैधरूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयवासीको गुनासोपश्चात सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिनुभयो ।
होटल सञ्चालक सञ्जय ठाकुर र ललिताविरुद्ध सार्वजनिक मुद्दा दायर गरी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गौतमले बताउनुभयो । यसअघि पनि ती होटल सञ्चालकमाथि मुद्दा चलाइएको थियो ।
यसैबीच
प्रहरीले सिरहा नगरपालिका–१२ लगडीगोठबाट आज बिहान १६ कार्टुन मदिरा बरामद गरेको छ । नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी लगडीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा मदिरा बरामद गरेको हो । बरामद गरिएको मदिरा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मार्डरमा बुझाइने प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply