play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नवलपुरमा सत्र सय हेक्टरमा चैते धान रोपाइ

0

चैत ७ । नवलपुरमा एक हजार ७ सय ७५ हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइ भएको छ । केही छिटफुट स्थानमा बाहेक नवलपुरका सबै पकेट क्षेत्रमा चैते धान रोपाइ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपुर चैते धानको पकेट क्षेत्र मानिन्छ । असारेभन्दा चैते धान खेती राम्रो हुने केन्द्रले जनाएको छ ।  गैडाकोट, अमरापुरी, देवचुली, कावासोती, मध्यविन्दु, कुमारवर्ती, अरुणखोला, रजहर, चिलाहा, रतौल, मगरकोट, पिठौली लगायतका क्षेत्रमा चैते धानको राम्रो उत्पादन हुन्छ । यस्तै जिल्लाको पहाडी क्षेत्र बुलिंटार, डेढगाउँमा समेत चैते धान खेती राम्रो हुन्छ । चैते धान खेती हुने यी स्थानहरुमा सिमसार क्षेत्र भएकाले सिँचाइ नभए पनि धानको उत्पादन राम्रो हुने गरेको छ । गतवर्ष पनि एक हजार ७७० हेक्टर क्षेत्रफमा चैते धान रोपिएको थियो भने सात हजार २९९ मेट्रिक्टन धान उत्पादन भएको थियो ।  जिल्लामा चैते धान दुई, चैते धान तीन, चैते धान चार, सिएच ४५, हर्दिनाथ जस्ता जातका धान लगाइने गरिएको छ । चैते धानमा असारे धान जस्तो रोग र किरा नलाग्ने साथै फल पनि बढी लाग्ने हँुदा उत्पादन पनि राम्रो हुने गरेको कृषि प्राविधिक नरेन्द्र भण्डारीले बताउनुभयो ।

Share.

Leave A Reply