मुस्लिम आयोगका अध्यक्षमा अन्सारी नियुक्त

0

चैत ७ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र सत्तापक्षीय दलको आन्तरिक विवादले मुस्लिम आयोगको अध्यक्षमा सिफारिश भएका बिबादास्पद समिम अन्सारी संसदीय सुनुवाइ समितिबाट अनुमोदन नभइकनै अध्यक्ष पदमा नियुक्त भएका छन्।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को दफा २६ अनुसारमा सुनुवाइ समितिले सिफारिश व्यक्तिको नाम पाएको ४५ दिनसम्म कुनै निर्णय नगरे सरकारले उनलाई पदमा नियुक्त गर्न बाधा नपर्ने उल्लेख छ । नागरिकता र शैक्षिक प्रमाणपत्र लगायतका बिषमा बिबादास्पद अन्सारीको नाम सोही व्यबस्था अनुसार मुस्लिम अध्यक्षमा सिफारिस गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार अन्सारी सहित विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीलाई नियुक्त गर्नुभएको छ ।

Share.

Leave A Reply