play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आज होली पर्व ,पहाडी तथा हिमाली क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै

0

चैत,६ ।
देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई तीन दिनसम्म होली मनाउने चलन छ ।

यस्तै, होली खेल्दा गुणस्तरीय रङ र स्वच्छ पानी मात्र प्रयोग गर्न डाक्टरहरुले सुझाव दिएका छन् । रमाइलोका नाममा गुणस्तरहीन रंग प्रयोग गर्दा छाला र आँखामा समस्या देखिने भएकाले ध्यान दिन डाक्टरले सुझाव दिएका हुन् । रंगमा मिसिएको लिड अर्थात सिसाले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर गर्ने डाक्टर शम्भुदत्त जोशीले बताउनुभयो । होली खेल्दा उज्यालो रंगको, पूरा बाउला भएका लुगा लगाउनु र आँखा लेन्सको साटो चस्मा नै लगाउनु राम्रो हुने उहाँले बताउनुभयो । रंगका कारण छाला फुस्रो हुने, चिलाउने, डाबर आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिने डाक्टर जोशीले बताउनुभयो । यस वर्ष पहाडमा आज र तराईमा भोली होली पर्व मनाइँदैछ ।

Share.

Leave A Reply