play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अरुको इच्छा विपरीत होली खेल्नेलाई सार्वजनिक मुद्दा

0

चैत ५ । तपाइँको होलीको तयारी के छ ? आफन्त साथीभाइलाई रंग लगाएर, पानी छ्यापाछ्याप गरी मनाउँदै हुनुहुन्छ या अरुको इच्छा विपरीत रंग लोला प्रयोग गर्दै हुन्छ । यदि इच्छा विपरीत होली खेल्दै हुनुहुन्छ वा होहल्ला गर्दै हुनुहुन्छ भने तपाइँलाई सार्वजनिक मुद्दा लाग्न सक्छ ।

यस्तै कसैले तपाइँलाई असर पर्ने गरी रंग दलेका छन् या होहल्ला गरेका छन् भने तपाईंले तुरुन्तै प्रहरीलाई खबर गर्न सक्नुहुनेछ । खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटना भएको ठाउँमा पुग्नेछ । बुधबारको होली पर्व मर्यादित र सभ्य बनाउन भन्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । एक हप्ता अघिदेखि प्रहरीले काठमाण्डौ उपत्यकासहित ७७ वटै जिल्लामा चेतामूलक कार्यक्रम गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार बुधबार बिहानैदेखि सुरक्षा जाँचमा कडाइ हुने छ । यस्तै ठाउँ ठाउँमा प्रहरी बिट राख्नुका साथै जाँड रक्सीविरुद्धको कारबाही अभियान पनि बिहानैदेखि सुरु हुनेछ । यदि कहीँकतै कसैले होली पर्वका नाममा दुख दिए प्रहरीको कन्ट्रोल नम्बर १०० मा तुरुन्त फोन गर्न पनि प्रवक्ता सुवेदीको आग्रह छ ।
यस्तै, पर्वको नाममा मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने, लापरवाहीका साथ गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने, २ पाङग्रे गाडीमा तीनजना राख्ने जस्ता कार्यलाई निरुत्साहित गर्न सुरक्षा योजना ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बुधवबार बिहान ७ देखि बेलुकी ७ बजेसम्म प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा ५९७ जना ट्राफिक प्रहरी सडकमा खटिनेछन् ।

Share.

Leave A Reply