मिस नेपालको चितवन अडिसन चैत ५ गते

0

चैत ३, भरतपुर ।

मिस नेपालको २५औं संस्करणको अडिसन भरतपुरमा पनि हुनेभएको छ । आयोजक ट्रेजर हन्टले भरतपुर, धरान, विराटनगर लगायत विभिन्न ८ शहरमा अडिसन सञ्चालन गर्न लागेको हो । आज भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रेजर हन्टका निर्देशक सुवर्ण क्षेत्रीले प्रतियोगिता काठमाडौं केन्द्रित भएको गुनासाहरू आएका भन्दै अडिसन ८ वटा सहरसम्म पुर्याइएको बताउनुभयो । प्रतियोगिताले युवतीहरूलाई मोडल नभई आदर्श बनाउने उहाँले दाबी गर्नुभयो । मिस नेपाल प्रतियोगिता पनि देशकै दम्पति रहेको भन्दै पर्यटन प्रवर्द्धनका लागि पनि प्रतियोगिता सहयोगी हुने उहाँले बताउनुभयो । मिस नेपाल २०१९ को चितवन अडिसन चैत ५ गते भरतपुरको होटल गार्डेन रिसोर्टमा हुने बताइएको छ । अडिसनको अघिल्लो दिन चैत ४ गते भने भरतपुरका विभिन्न कलेजहरूमा एक्टिभेसन अभियान सञ्चालन हुने सन् २०१३ की मिस नेपाल ईशानी श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न अडिसनबाट छनौट हुने करिब २० जना युवतीहरूबीच आगामी वैशाख ३६ गते अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Share.

Leave A Reply