play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

हेटौँडा–नारायणगढ खण्ड स्थानीयद्धारा अबरुद्ध

0

मकवानपुर,चैत,३ ।
हेटौँडा उपमहानगरपालिका–३ र १९ को सिमाना लेवट तीनताप्केमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । भत्किएको सडकको मर्मत नगरी सडक कर मात्र उठाएको भन्दै स्थानीयहरुले राजमार्गअन्तर्गत हेटौँडा–नारायनगढ सडकखण्डको तीनताप्केमा सडक अबरूद्ध गरेका हुन् । १५ दिनमा बाटो कालोपत्रे गर्ने सहमति भए एक महिना बितिसक्दा पनि कालोपत्रे नभएकाले राजमार्ग अवरूद्ध गर्न बाध्य भएको स्थानीय आकाश पाठकले बताए । राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमै अलपत्र परेका छन् । ठेकेदार र सडक कार्यालयको लापरवाहीका कारण आफुहरुले दुःख पाएको भन्दै यात्रुहरुले आक्रोश पोखेका छन् ।

Share.

Leave A Reply