play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

प्रतिनिधिसभाको बैठक आज बस्दै

0

चैत,३ ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज अपराह्न ३ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त पूर्वाधार निर्माणलाई तीव्रता दिँदै आर्थिक विकासलाई अघि बढाउने उद्देश्यसहित विधेयक ल्याएको सरकारको दाबी छ । विधेयकमा राष्ट्रिय प्राथमिकता प्राप्त कुनै पनि आयोजना निर्माणका लागि अब सोझै निर्माण कम्पनीसँग वार्ता गर्न सकिने व्यवस्था गरिएको छ । विधेयक पारित भएपछि मुआब्जामाथिको विवाद र प्रक्रिया समेत अन्त्य हुने सरकारको दाबी छ । मुआब्जा विवादका कारण धेरै राष्ट्रिय आयोजनाको समय तालिका प्रभावित हुँदै आएको छ । पीडित पक्षले पनि अब यसअघि झेल्दै आएको झन्झटिलो प्रक्रियाको सामना गर्न नपर्ने सरकारको भनाइ छ । विधेयकमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले बैंक खातामार्फत मुआब्जा लिन सक्ने व्यवस्था गरिएको छ । यस्तै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Share.

Leave A Reply