play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

सीके राउत नेतृत्वको गठबन्धनको बैठक भोलिदेखि

0

चैत,२ ।

राष्ट्रिय अखण्डतामा कायम रहने सरकारसँग भएको सम्झौतापछि ‘स्वतन्त्र मधेस गठबन्धन’ को अगामी रणनीति तय गर्न भोदिदेखि दुई दिने बैठक बस्दैछ । यसअघि चैत ४ र ५ गतेका राष्ट्रिय परिषद् बैठक हुने भनिएपनि बैठक भोलिदेखि नै सुरु हुने भएको हो । बैठक सिरहाको लहानमा हुने गठबन्धनका संयोजक सीके राउतका सहयोगी सत्यनारायण मण्डलले जानकारी दिए । बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौताबारे छलफल हुनेछ । बैठकमा गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका सबै जिल्लाका जिल्ला संगठन संयोजक लगायतका नेताहरु सहभागी हुने गठबन्धनका केन्द्रीय सहजकर्ता चन्दन सिंहले जानकारी दिए । गठबन्धनको तदर्थ समिति संयोजकमा सीके राउत, सहसंयोजकमा कैलाश महतो, प्रवक्तामा अब्दुल खान, सहजकर्तामा चन्दन सिंह र दिपक शाह रहेका छन् । सरकारसँग ११ बुँदे सहमति भएपछि रणनीति अनुसार नै गठबन्धनका नेताहरू मौन रहेको सिंहले बताए ।

Share.

Leave A Reply