न्यूजिल्याण्डमा ४९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डका मुख्य संदिग्धलाई अदालतमा पेश

0

चैत,२ ।
न्यूजिल्याण्डका दुइटा मस्जिदमा ४९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डका मुख्य संदिग्धलाई अदालतमा पेश गरिएको छ । शुक्रबार भएको आक्रमणका मुख्य संदिग्ध २८ वर्षीय अष्ट्रेलियन नागरिक ब्रेन्टन ट्यारेन्टलाई अदालतसमक्ष पेश गरिएको हो । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनका अनुसार ट्यारेन्टसँग पाँच वटा लाइसेन्सप्राप्त बन्दुक थिए । घटनामा संलग्न भएको आरोपमा अन्य दुई जनालाई पनि गिरफ्तार गरिएको छ । तर उनीहरुको कुनै आपराधिक रेकर्ड नभएको त्यहाँको प्रहरीले जनाएको छ । ट्यारेन्टलाई हिरासतमै राखिनेछ र अप्रिल ५ मा पुनः अदालतमा उपस्थित गराइनेछ । सन् १९८० को दशकमा अफगानिस्तानबाट न्यूजिल्याण्ड आएका ७१ वर्षीय दाउद नाबीको घटनामा ज्यान गएको उनको परिवारले जनाएको छ ।

Share.

Leave A Reply