play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

साफ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै

0

चैत,२ ।
मोरङको विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणका अन्तिम खेल दिउँसो ३ बजे शहीद रंगशालामा हुनेछ । दुवै टिम सेमिफाइनलमा पुगिसकेकाले बिहीबारको नतिजाले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउनेछ । घरेलु मैदानको भरपुर उपयोग गर्दै नेपाल समूह विजेता बन्ने दाउमा रहेको छ । नेपाल र बंगलादेशले भुटानलाई पराजित गर्दै समान तीन अंक जोडेका छन । दुवै खेलमा पराजय भोगेपछि भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका पाँच खेलमा नेपालले चार खेलमा जित र एकमा बराबरी गरेको छ ।

Share.

Leave A Reply