play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

छिकेमी जिल्ला मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

0

चितवन,चैत्र,२ ।
छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि चितवन जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका निमित्त प्रमुख डा पर्शुराम फुयालले यस जिल्ला हुँदै राजधानी र बाहिरी जिल्लामा कुखुरा जन्य पदार्थ धेरै आवतजावत गर्ने हुदाँ क्वारेन्टाइनमा कडाइका साथ चेकजाँच थालिएको बताए । अहिले जिल्लाका १५० कुखुराका नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको उनले बताए । बर्डफ्लु संक्रमण हुन सक्ने देखिएकाले व्यवसायीलाई जैविक सुरक्षामा ख्याल गर्दै काम गर्न आग्रह गरिएको उनले बताए । जिल्लामा बर्डफ्लु भित्रने सम्भावना प्रवल रहेको बताउँदै उनले चाँडै जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक राखेर सबैलाई यसको विषयमा जानकारी गराइने बताए । देशका विभिन्न जिल्लामा जाने मुख्य राजमार्ग नै चितवन हुँदै जाने भएकाले यहाँका व्यवसायी अझै सतर्क हुन आवश्यक रहेको उनले बताए । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले हरेक हप्ता दुई दिन यहाँ नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाउने गरेको बताए । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले मकवानपुरमा रोग देखिएसँगै देशभरका कृषकले जैविक सुरक्षामा विशेष ध्यान दिएको बताए । सङ्घले सदस्यलाई रोग भित्रन नदिन विशेष चनाखो हुन आग्रह गरेको बताए ।

Share.

Leave A Reply