जलवायु परिर्वतनको असर न्यूनीकरणका लागि चेतना जगाउन साईकल ¥याली

0

चितवन, चैत,१ ।
सौराहाका संरक्षणकर्मीहरुले शुक्रवार जलवायु परिर्वतनको असर न्यूनीकरणका विषयमा चेतना फैलाउन साईकल ¥यालीको आयोजना गरेका छन । जलबायु परिर्वतनका कारण मावन जीवजन्तु,बनस्पती र पृथ्वीमा परेको नकरात्कम प्रभाव विरुद्ध जनचेतना अभिबृद्धि गर्न साईकल ¥यालीको आयोजना गरिएको हो । समुदायमा आधारित वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौली,महिला नेचर गाइड समुह, वर्ड एजुकेशन सोसाइटी,क्लीन सिटी,क्लीन अर्थ,जेइपीपी लगायतका संघसंस्थाको सयुक्त रुपमा आयोजना गरेको ¥याली बछौलीचोकबाट सुरु भएको थियो । बछौलीचोकमा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानले उद्घाटन गरेपछि सुरु भएको ¥याली बछौली हुँदै टाँडी र त्यहाबाट फर्केर सौराहा पुगेर समापन भएको थियो । साइकलन ¥यालीको नेतृत्व युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेल र वर्ड एजुकेशन सोसाईटीका पूर्व अध्यक्ष बासु विडारीले गरेका थिए । साइकलन ¥यालीमा सहभागीहरुले जलबायु परिर्वतनले वातावरण र मानब स्वास्थ्यमा पार्ने प्रभावको पारेमा विभिन्न नाराहरु लेखेको प्लेकार्ड लिएका थिए । अभियानकी अध्यक्ष पौडेलले जलवायु परिर्वतनको असर दिन प्रतिदिन बढ्दै गएको भन्दै अबको ११ बर्षमा यसको अबसर न्यूनीकरण गर्न सकिएन भने त्यसले ठुलो क्षति हुने बताइन । उनले जलवायु परिर्वतनको असर न्यूनीकरणको लागि जनचेतना आवश्यक रहेको बताइन ।

Share.

Leave A Reply