चितवनको पर्यटन प्रबद्धन गर्न सौराहामा जंगल क्रिकेट

0

चितवन,चैत,१ ।
चितवनको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी सौराहामा नेप्लाई जंगल क्रिकेट प्रतियोगिता शुक्रवारबाट सूरु भएको छ । पलोमा इन्टरनेशनल इभेन्ट एण्ड स्पोर्स म्यानेजमेण्ट प्रा.लि. काठमाडौंले जनकौली मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । ठुलो धनरासीको पुरस्कार जित्न प्रतियोगिता गरिएको होइन प्रा.लि.का प्रमुख शैलेन्द्र खड्काले भने पर्यटन प्रर्बद्धनको लागि आयोजना गरिएको हो । प्रतियोगिताको क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले व्याटिङ र रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बलिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अबसरमा संघका अध्यक्ष घिमिरेले सौराहामा हुने खेलकुदका गतिविधिले खेलकुद पर्यटनको विकास हुने भन्दै सहयोग गर्न व्यवसायीहरु तयार रहेको बताए । प्रतियोगिताका संस्थागत सहभागिता रहेको छ । पर्यटन प्रर्बद्धनका लागि आयोजना गरिएकोले प्रतियोगितामा नेपाल पर्यटन बोर्डले पनि भाग लिएको छ । प्रतियोगितामा पर्यटन बोर्ड सहित हाम्रो किचन डट कम,आइटी ग्यामिट,दी काठमाडौं पोष्ट,कान्तिपुर जव,नेप्लाई,जेनिसीस,कान्तिपुर मिडिया ग्रुप,एनआइसी एसिया बैंक र एसके भेन्चरको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना,जनकौली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष घनश्याम तिमल्सेना,गैंडा सामुदायिक पर्यटन सहकारी संस्थाका अध्यक्ष शीर लाल परियार लगायतको उपस्थिति रहेको थियो । होटल पार्क ल्याण्डको स्थानीय व्यवस्थापनमा भएको सो प्रतियोगिता शनिवार सम्म चल्ने छ ।

Share.

Leave A Reply