play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

देवघाटमा पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने

0

चितवन,चैत,१ ।
पवित्र तीर्थस्थल देवघाटधाममा वृहत पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाट गाउँपालिकासँग सहकार्य गरेर अध्ययन केन्द्र निर्माण गर्न लागेको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वीय दर्शन ग्रन्थको अध्ययन, अनुसन्धान, सभ्यता, संस्कृति लगायतका विषयको देशकै पहिलो अध्ययन केन्द्र बनाउन लागिएको हो । वेद, गीता, पूराण जस्ता महत्वपूर्ण ग्रन्थको अध्ययन गर्न सकिने केन्द्रमा ७० लाख भारतीय रुपैंया भन्दा बढीका पुस्तक रहने छन् । विद्युतीय पुस्तकालयसँगै सुविधा सम्पन्न साधना र अध्ययन केन्द्र पनि निर्माण गरिने उहाँले बताउनुभयो । समितिले पूर्व अध्यक्ष डा गुरुप्रसाद सुवेदीको संयोजकत्वमा अध्ययन केन्द्र निर्माणका लागि समिति समेत गठन गरेको छ । अध्यक्ष पौडेलले तीन वर्ष्भित्रमा सरकारी र दाताको झण्डैं रु पाँच करोडको लगानीमा अध्ययन केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देवघाट गाउँपालिका–५ मणिमुकुन्देश्वर धार्मिक पार्कसँगै अध्ययन केन्द्र निर्माण हुने बताउनुभयो । देशकै पूर्वीय दर्शन अध्ययन केन्द्रका रुपमा देवघाटलाई स्थापित गर्ने समितिको उद्देश्य रहेको उहाँले बताउनुभयो । यसले धार्मिक पर्यटक आकर्षण गर्न समेत सहयोग पुग्ने घिमिरेले बताउनुभयो । रासस ।

Share.

Leave A Reply