प्राविधिकहरुको आन्दोलनका कारण पुनःनिर्माणको काम प्रभावित

0

गोरखा,चैत,१ ।
भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ । विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरुलाई यसअघि दिँदै आएको सेवासुविधा कटौटी भएपछि पुनः उपलब्ध गराउनुपर्ने भन्दै उनीहरुले कामकाज ठप्प पारेका हुन् । आफूहरुको मागको सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताउनुभयो । प्राविधिहरुले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । प्राविधिकहरुको आन्दोलनका कारण भूकम्प पीडितहरुको किस्ता सिफारिश, घर नापजाँच लगायतका काम रोकिएको छ । जसका कारण भूकम्प पीडितहरुलाई अनुदान रकम प्राप्त गर्न ढिलाइ भएको छ ।

Share.

Leave A Reply