न्युजिल्याण्डका दुई मस्जिदमा बन्दुकधारीको आक्रमण, ४० जनाको मृत्यु

0

चैत,१ ।
न्युजिल्याण्डमा आज बिहान भएको क्राइस्टचर्च आक्रमणमा ४० जनाको ज्यान गएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा आर्डर्नका अनुसार क्राइस्टचर्च हमलामा ४० जनाको ज्यान गएको हो । उनले यो घटनामा एक महिला समेत गरि चार जना पक्राउ परिसकेको जानकारी पनि दिएकी छन् । यसअघि प्रधानमन्त्री आर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासको सबैभन्दा कालो दिन रहेको बताएकी थिइन् । हमला भएको शहरमा अझै पनि खतरा समाप्त भइ नसकेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply