देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चल्यो -कमल थापा

0

चैत,१ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको बताएका छन् । भक्तपुरको सूर्यविनायकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै थापाले नेपालको परम्परागत धार्मिक, सांस्कृतिक पहिचानमाथि आक्रमण भइरहेको, गरिवी र बेरोजगारीको समस्या विकराल भइरहेको आरोप लगाए । उनले विगत १२ वर्षको राजनीतिक अनुभवबाट राष्ट्रिय प्रजातान्त्र पार्टीले मुलुकलाई संकटबाट मुक्त तुल्याउने क्रममा जनतालाई जगाउने र सरकारलाई दबाब दिने उद्देश्यले राष्ट्रिय स्वाभिमान यात्रा आयोजना गरेको बताए ।राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज भक्तपुरको सूर्यविनायक हुँदै काठमाडौंको भृकुटी मन्डपमा पुगेर समापन हुने जनाएको छ । पार्टीले विभिन्न माग राख्दै मेची महाकाली यात्रा सुरू गरेको थियो ।

Share.

Leave A Reply