play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

हेटौँडामा बर्डफ्लु फेला, नियन्त्रणको प्रयास सुरु

0

हेटौँडा,चैत्र,१ ।

दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको छ । हेटौँडाका किसान कुलप्रसाद चौलागाईंले पालेको कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको हो । दुई साताअघि करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीको हजारौँ कुखुरा मरेका थिए । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजारभन्दा बढी कुखुरा मरेका थिए । भेटेनरी अस्पतालले एच नाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लु नभएको बताएको थियो । विशेष परीक्षणमार्फत नमूना पठाइएको १५ दिनपछि बर्डफ्लु भएको पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख चेतनारायण खरेलले जानकारी दिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले यस सम्बन्धमा भर्खरै आपत्कालीन बैठक सम्पन्न भई नियन्त्रणको काम शुरु भइसकेको बताए । हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि चिन्तित बनेका किसान बर्डफ्लु प्रमाणित भएपछि थप चिन्तित बनेका छन् । हेटौँडा ८ का किसान सुवर्ण अधिकारीले ऋण गरेर कुखुरा पाल्न शुरु गरेको र अब के हुने हो भन्ने चिन्ताले सताएको बताए ।

Share.

Leave A Reply