play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

न्युजिल्याण्डको मस्जिदमा भीषण आक्रमण, २७ जना मारिए

0

चैत,१ ।
न्यूजिल्याण्डको क्राइस्टचर्चका २ वटा मस्जिदमा भीषण आक्रमण हुँदा २७ जना मारिएका छन् । क्राइस्टचर्च र अर्को एक मस्जिदमा आक्रमण भएको हो । आक्रमणपछि सबै मस्जिद बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् । क्राइस्टचर्चका विद्यालयसमेत बन्द गरिएका छन् । नमाज पढेपछि आक्रमण भएको बताइएको छ । अल नूर मस्जिदमा क्राइस्टचर्चमा भोलिदेखि न्युजिल्याण्डसँग सुरु हुने तेस्रो टेस्ट क्रिकेट खेल्न पुगेको बंगलादेशी टोली पनि रहेको बताइएको छ । तर खेलाडी भने सुरक्षित रहेको उल्लेख छ । बंगलादेशका क्रिकेटर तमीम इकबालले ट्वीट गर्दै आफूहरु सुरक्षित रहेको बताएका छन् । तर घटनालाई भयाबहको रुपमा उनले उल्लेख गरे । यस्तै टिमका प्रवक्ताले सबै खेलाडी सुरक्षित रहे पनि मानसिक रुपमा तनबमा रहेको उल्लेख गरेका छन् । तेस्रो टेस्ट रद्द गरिएको छ ।प्रत्यक्षदर्शीहरुले बन्दुकधारीले मानिसरुलाई सिधै छातिमा गोली हानेर हत्या गरेको बताएका छन् । आक्रमण करिब २० मिनेटसम्म भएको थियो । घटनामा कम्तीमा ६० जना घाइते भएको हुन सक्ने ती प्रत्यक्षदर्शीले बताएकाछन् ।

Share.

Leave A Reply