play_circle_outline On Air

फन फन्नी

play_circle_outline On Air

फन फन्नी

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्स र श्रीलंका भिड्दै

0

चैत,१ ।
पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा भारतसँग भारी गोल अन्तरले पराजित माल्दिभ्सले श्रीलंकासँग खेल्दैछ । समूह चरणबाट अघिल्लो चरण पुग्नका लागि माल्दिभ्सले आज जित्नैपर्ने दबाब छ । श्रीलंकाका लागि पाँचौं साफको यो पहिलो प्रतियोगिता हो । विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुने प्रतियोगितामा दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन । पहिलो खेलमा माल्दिभ्स भारतसँग ६–० ले पराजित भएको थियो । त्यसैले सेमिफाइनलको सम्भावना जीवित बनाउन माल्दिभ्सलाई जित बाहेक अन्य विकल्प छैन । माल्दिभ्स ‘गर या मर’ को स्थितिमा रहेको छ । श्रीलंकासंग पराजित भए माल्दिभ्स बाहिरिने छन् । र, एक खेल अगाबै श्रीलंका र भारतले सेमिफाइनलमा स्थान बनाउने छन्। माल्दिभ्सले श्रीलंकालाई पराजित गरे अन्तिम खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छन् । समूह चरणको अन्तिम खेलमा भारत र श्रीलंका खेल्ने छन । समूह ‘बी’ मा भारत ३ अंकसहित शीर्ष स्थानमा छ। माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । महिला साफ अन्तर्गत समूह ‘ए’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । यद्यपि समूहको शीर्ष स्थानमा रहनका लागि नेपाल र बंगलादेशले भोलि प्रतिस्पर्धा गर्दैछन् ।

Share.

Leave A Reply