play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

दोलखामा सिनो हाइड्रोका कामदार चढेको बस दुर्घटना, दुईको मृत्यु, २५ घाइते

0

चैत,१ ।
दोलखाको लामाबगरस्थित सिनो हाइड्रो कम्पनीको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बा ४ ख ४५७३ नम्बरको भाडाको बस आज बिहान करिब पौने ८ बजे बिगु गाउँपालिका १ नयाँबाटोबाट करिब २५ मिटर तल खसेको दोलखाका प्रहरी नायब उपरीक्षक यज्ञनन्द शाहले जानकारी दिए । मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका ३ का दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका ३ का हिराप्रसाद मिजार छन । दुर्घटनामा २५ जना घाइते भएको प्रहरीको भनाइ छ । घाइतेलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याइँदै गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

Share.

Leave A Reply