play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

कावासोतीमा प्रहरी चढेको गाडिलाई एम्बुलेन्सले ठक्कर दिएर पल्टिदा ,४ जना घाईते

0

नवलपरासि,फाल्गुन, ३० ।

नवलपुरको कावासोतीमा प्रहरी चढेको गाडिलाई एम्बुलेन्सले ठक्कर दिदा ४ जना घाईते भएका छन् । कावासोती १६ को चालिसकिलो जंगल नजिकै लु १ च ७४२५ नंबरको बिरामी बोकेको नेपाल रेडक्रस उपशाखा अरुणखोलाद्वारा सञ्चालित एम्बुलेन्सले प्रहरी चढेको बा २ झ १४६५ नंबरको गाडिलाई ठक्कर दिदा एम्बुलेन्समा सवार बिरामीसहित ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा घाईते हुनेमा मध्यविन्दू १० बस्ने ४८ बर्षिय आनन्द जैसी, ७४ बर्षिय मान कुमारी जैसी, ८१ बर्षिय दुलनाथ जैसी, र एम्बुलेन्स चालक ५१ बर्षि खुमाकान्त न्यौपाने रहेका छन् । घाईतेहरुको अवस्था गम्भिर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्व आउदै गरेको प्रहरी चढेको गाडिलाई तिब्र गतिमा रहेको एम्बुलेन्सले पछाडी पट्टिको भागमा ठक्कर दिई आफै अनियन्त्रित भएको पल्टिएको प्रहरीले बताएको छ ।

Share.

Leave A Reply