play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा ३७ लाख भ्रष्टाचार !

0

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट बैशाख १ मा उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’मा प्रदेश सरकारले ३७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको पाइएको छ।

प्रदेश सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनका क्रममा उक्त रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको हाे।

समितिले अनियमितता र भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न निर्देशन दिँदै मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा प्रदेश सरकारले ८७ लाख १८ हजार ९७३ रुपैयाँ ७९ पैसा खर्च भएको देखाएको छ।

प्रेदश सरकारले जेठ २५ मा संसदमा ४९ लाख ४१ हजार ७९५ रुपैयाँ खर्च भएको विवरण पेश गरेको थियो।

Share.

Leave A Reply