play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

साफ महिला च्याम्पियनसिपमा भुटान नेपालसंग ३–० गोलले पराजित

0

फागुन,२८ ।
पाचौँ दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालले सन्तोषजनक सुरुवात गरेको छ । विराटनगरको शहिद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलले हरायो । नेपालका लागि मन्जली कुमारी योन्जन, सावित्रा भन्डारी र कप्तान निरु थापाले एक एक गोल गरे। १३ औँ मिनेटमा मन्जलीले टोलीलाई अग्रता दिलाएकी थिइन् । दुई मिनेटपछि सावित्रा भन्डारीले टोलीको अग्रता दोब्बर बनाइन् । ५३ औँ मिनेटमा कप्तान निरुले गोल गरेकी हुन्। खेलमा नेपालले एकपक्षीय दबाब बनाएको थियो। समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग खेल्ने छ ।

Share.

Leave A Reply