play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

माईभ्याली गोल्डकपमा हङकङ नेप्लिज र हिमालयन शेर्पा भिड्दै

0

फागुन,२७ ।
इलाममा जारी माईभ्याली गोल्डकपको आजको खेल हङकङ नेप्लिज फुटबल एकाडेमी र हिमालयन शेर्पा क्बलबीच हुँदैछ । खेल दिउँसो ३ बजे सुरुहुने छ । यी दुई टोली माईभ्याली गोल्डकपमा पहिलो पटक भिड्न लागेका हुन् । शहीद स्मारक ए डिभिजन लिगमा सातौँ स्थानमा रहेको हिमालयन शेर्पाको माईभ्यालीको खेल सिजनको चौथो सहभागिता हो । दोस्रो विशाल मेमोरियल गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो । यता हङकङ नेप्लिजको माईभ्यालीलको सहभागिता यो सिजनको दोस्रो हो । झापा गोल्डकपमा सहभागी हङकङ नेप्लिज घरेलु टोली झापा–११ सँग १–० गोलको झिनो अन्तरले पराजित भएको थियो । टिम म्यानेजर नवीन राईका अनुसार माईभ्याली गोल्डकपमा हङकङको टिमबाट तीन जना मात्र अफ्रिकन खेलाडी उत्रिने छन ।

Share.

Leave A Reply