माईभ्याली गोल्डकप आजदेखि, आयोजक र युनाइटेड दार्जिलिङ भिड्दै

0

फागुन,२६ ।
पूर्वी पहाडको सर्वाधिक राशीको अन्तर्रा्ष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको पाँचौ संस्करण आजरदेखि सुरु हुँदैछ । प्रतियोगिता इलाम सदरमुकाम इलाम बजारमा रहेको ठूलो टुडिखेलमा अपराह्न ३ बजे सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माईभ्याली फुटबल क्लबले पाहुना टोली भारतको दार्जि्लिङ युनाइटेडको सामना गर्दैछ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने तय भएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् ।

Share.

Leave A Reply