नेपाल र मेलेसियाबीचको मैत्रीपूर्ण फुटबल खेल रद्ध

0

फागुन, २५ ।
नेपाली राष्ट्रिय फुटबल टिम र मलेसियाबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि नेपालसँग यही २६ मार्चका लागि तय भएको खेल तत्कालका लागि स्थगित भएको हो । मैत्रीपूर्ण खेलका लागि एएफसीले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यो महिना कोटाभन्दा बढी खेल हुने भएकाले फिफाबाट अनुमति नपाएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का टिम व्यवस्थापक दावा लामाले मैत्रीपूर्ण खेल तत्कालको लागि स्थगित भएको बताए । उनले मलेसिया फुटबल र एन्फा मैत्रीपूर्ण खेल स्थगित गर्न सहमत भएको र नयाँ मिति घोषणा गरिने जानकारी दिए । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भए पनि नेपालले कुवेतसँग उसैको मैदानमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । जसमा पहिलो खेल २१ तारिखमा हुनेछ भने अर्को खेल २५ तारिखमा हुनेछ । जसका लागि नेपाली फुटबल टिम १९ तारिखमा कुवेत प्रस्थान गर्नेछ ।

Share.

Leave A Reply