play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

झापा गोल्डकपको सेमिफाइनलमा झापा र थ्रीस्टार भिड्दै

0

फागुन २४ ।
झापा गोल्डकपको चौथो संस्करणमा फाइनल प्रवेशका लागि घरेलु टिम मगमग झापा–११ र रुस्लान थ्रीस्टार तेस्रो पटक आमने –सामने हुँदैछन् । आज अपरान्ह पहिलो सेमिफाइनलमा यी दुई टोली आमने–सामने हुन लागेका हुन् । घरेलु मैदानमा आयोजित प्रतियोगिताको यसअघिका तीन वटै संस्करणको फाइनल पुगेको घरेलु टोली झापा–११ डोमलाल राजवंशी रंगशालामा थ्रीस्टारविरुद्ध हाबी हुदै आएको छ । झापा गोल्डपको पहिलो र तेश्रो संस्करणको फाइनल प्रवेशका लागि भएको खेलमा थ्रीस्टार पराजित बनेको थियो । आजको विजेताले शनिबार हुने त्रिभुवन आर्मी र दाफिन्स एफसीको विजेतासँग फाइनल खेल्नेछ ।

Share.

Leave A Reply