play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

असन्तुष्ट सरकारी चिकित्सकका माग पूरा गर्न ‘एक्सन कमिटी’ गठन

0

फागुन,२१ ।
असन्तुष्ट सरकारी चिकित्सक संघ (गोदान)को माग सम्बोधन गर्न भन्दै सरकारले ‘एक्सन कमिटी’ गठन गरेको छ। सङ्घीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र गोदानका प्रतिनिधि सम्मिलित समिति गठन भएको हो। सङ्घीय मामिला मन्त्रालयमन्त्रालयबाट सचिव दिनेश थपिलया र भूपाल बराल, स्वास्थ्य मन्त्रालयबाट डा। विकास देवकोटा, जनार्दन गुरागाईँ र महेन्द्र श्रेष्ठ र गोदानका प्रतिनिधि रहेका छन्। गोदानका माग सम्बोधन गर्न मंगलबार स्वास्थ्य मन्त्रालय,सङ्घीय मन्त्रालयका उच्चस्तरीय र गोदानका प्रतिनिधि बसेर सम्झौताका लागि मस्यौदा बनाउने कार्यक्रम तय भएको संघ अध्यक्ष डा। दीपेन्द्र पाण्डेले जानकारी दिए। समिति गठन भएसँगै आफ्ना माग पूरा हुनेमा सकारात्मक रहेको उनले बताए।

Share.

Leave A Reply