play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

पर्याप्त ग्यास आयात , हल्लाको पछाडि नलाग्नोस् ः निगम

0

फागुन २० ।
मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भन्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता संघलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । इन्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास ‘लोडिङ’ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनैपनि अभाव नरहेको जनाएको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार हालसम्म उद्योगीसँग ८ हजार मेट्रिकटन भारतबाट ग्यास ल्याउने कागजात रहेको छ । उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको छ । निगमले उपभोक्तालाई सहजरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रयास गरिरहेको भन्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत आग्रह गरेको छ ।

Share.

Leave A Reply