play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

भरतपुर अस्पतालको लापरबाहीले शिशुको मृत्यु

0

चितवन १३ फागुन ।

भरतपुर अस्पतालमा जन्मे लगतै शिशुको मृत्यु भएको छ । विहिवार पेट दुखे पछि भरतपुर अस्पताल आएकी भरतपुर माहानगरपालिका वडा नम्बर १३ चम्पानगरकी सरिता ओझाले जन्माएको लगतै मृत्यु भएको हो । अस्पतालमा कार्यरत रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारणले बच्चाको मृत्यु भएको भन्दै पीडितका आफ्न्तहरु आक्रोसित भएका छन । परिवारले सामान्य अवस्थामा रहेकी ओझालाई भ्याकुम लगाएर बच्चा निकाल्न खोज्दा बच्चाको मृत्यु भएको जनाएको छ । उनको परिवारकी सदस्य बिमला ओझाका अनुसार बच्चा सुरक्षीत जन्मीन्छ बच्चालाई कपडा किनेर ल्याउनुस् भनेर स्वास्थ्यकर्मीले भनेको तर पछि चिकित्सकहरुले बच्चाको मृत्यु भयो भने भने उनले शुरुमा सबै नर्मल छ भनेर बच्चा जन्मिएपछि मरेको भन्नु चिकित्सकले लापरबाही गरेको बताईन । यस विचमा स्वास्थ्यकर्मीहरुले अस्पतालका विभिन्न कागजमा हस्ताक्षर गर्न लगाएकोको र आफुहरु माथि अभर्द व्यवहार गरेको ओझाले बताईन । तर चिकित्सकले भने कुनै लापरबाही नभएको बताएका छन् ।
आईतबार र सोमबार स्थानीय प्रशासन, चिकित्सक र पीडित पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि कुनै सहमति हुन सकेको छैन । बच्चाको शव अस्पतालमा नै राखिएको छ । पडित पक्षले विरामीका परिवारलाई अभद् व्यवहार गर्ने स्वास्थ्यकर्मीले माफि माग्नु पर्ने र अस्पतालले परिवार जनलाई क्षतीर्ती नदिए सम्म बच्चा नबुभm्ने बताएका छन् ।

Share.

Leave A Reply