play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्बजनिक

0

फागुन ११, चैत्र १ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर केही दिन अगाडी मात्र सार्वजनिक भएको छ ।
क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको यस चलचित्रमा अनुप र वर्र्षाका अलवा माला लिम्बु, शिव, मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता, लगायतको अभिनय रहेको छ । भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो बुलेट’मा कथा–पटकथा निर्देशक स्वयम भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् । हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । यस चलचित्रको कोरियोग्राफी प्रसान्त तामाङले गर्नेछन् ।चलचित्रको प्रिमियर फागुन ११ गते हङकङमा हुँदैछ । केही दिन अगाडीमात्र सार्वजनिक गरिएको ट्रेलरमा पूर्वेली ठेट शब्दहरु दर्शकले रुचाएका छन्, भने समग्र ट्रेलरको पनि चर्चा चुलिएको छ ।

Share.

Leave A Reply