play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

कपिलवस्तुका विवेक यस बर्षको मिष्टर नेशनल

0

कपिलवस्तु तौलिहवाका विवेक उपाध्यायले यस बर्षको मिष्टर नेशनल नेपाल २०१९ को उपाधि जितेका छन । विवेकले उपाधि सहित मन्जरी इन्टरनेशनलको एम्वेसडर तथा सानिमा इन्सुरेन्सको तर्फ वाट ५ लाख बराबरको विमा सुविधा पाएका छन ।

 
२० सहभागिलाइ पछि पादै विवेकले उपाधि जितेका हुन । मिष्टर नेशनल नेपाल तपाइको लागी के हो र उपाधि पछि यहाले गर्ने पहिलो काम के हुनेछ भनेर निर्णायकले सोधेको प्रश्नमा उनले यो प्रतियोगिता आफ्नो लागी अवसर र अघि बढ्ने पहिलो माध्यम रहेको उनले बताए । मिष्टर नेशनल नेपाल भएसंगै उनले सामुदायिक विकासमा र कपिलवस्तुमा भएको अशिक्षा प्रमुख समस्यालाइ समाधान गर्ने उनले उल्ल्ेख गरे ।
१७ बर्षका विवेक अहिले कक्षा १२ उर्तिण गरि फुर्सदमा रहेका छन । परिवारका कान्छा छोरा विवेकलाइ भविश्यमा व्यवसाय गर्ने रुचि रहेको छ । उनले आफ्लाइ कम वोल्ने व्यत्ति,mको रुपमा बिश्लेषण गर्दछन ।

Share.

Leave A Reply