मिष्टर युथ नेपालको उपाधि ओमश्री रामदमलाइ

0

आउदो बर्ष इण्डोनेशियामा आयोजना हुने मिष्टर युथ वल्र्डमा नवलपुर रजहरका ओमश्री रामदाम सहभागि हुने भएका छन । उनले यस बर्षको मिष्टर युथ नेपाल २०१९ को उपाधि जितेसंगै मिष्टर युथ वल्र्डमा सहभागिता जनाउन पाउने भएका हुन ।


१८ बर्षका ओमश्री अहिले गैडाकोटको अक्र्सफोर्ड उमाविमा कक्षा ११ मा होटल म्यानेजम्याण्ट बिषय लिएर अध्ययनरत रहेका छन । उनले यसै बर्ष चितवनमा सम्पन्न भएको चितवन नेक्ष्ट परफेक्ट मोडलमा सेकेण्ड रनर अप भएका थिए ।

ओमश्रीले प्रतियोगिता उपाधि सहति मिष्टर सुपरनोभा सव टाइटल पनि पनि प्राप्त गरेका छन । आमेश्रीले उपाधि जितेसैगै आफुहरु एक किसिमको उर्जा थपिएको बताएका छन । उनले आफुजस्तै युवाको लागी केहि काम गर्ने इच्छा रहेको बताए ।

Share.

Leave A Reply