play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चौधरी फाउण्डेसनद्वारा कृतिम हात खुट्टा वितरण, सकियो निःशुल्क कृत्रिम हात खुट्टा जडान शिविर

0

तत्कालिन मओवादी द्धन्दको बेला तालिम गदै गर्दा माओवादी लडाकुसमेत रहेका चितवन पदमपुर निवासी जोगेन्दर चौधरीले आफ्नो खुटामा केहि ठोस बस्तु बिझेपछि आफ्नो दुबै खुटा गुमाउनु परेको थियो । उनले व्यक्तिगत खर्चमा यस अघि कृतिम खुट्टा राखेको भए पनि यस पटक भने उनलाई निशुल्क दइुवटै खुट्टा मिल्यो । चिकित्सको लापार भाहिको कारणले सानै उमेरमा आफ्नो हात घुमाएकी भरतपुर ११ की कमल पौडेलले पनि कृतिम हात पाईन । कृतिम हात संगै खुशी बनेकी पौडेललाई अहिले हात बाट धेरै काम गर्न सक्छु भन्ने हौसला समेत मिलेको छ । चौधरी र पौडल मात्र हैन । विभिन्न समयमा विभिन्न कारणले आफ्नो हात र खुट्टा घुमाएका ६१ जिल्लाका चार सय छयत्तर जनाले कृतिम हात र खुटा पाए संगै खुशी भएका छन् । जसको करण बन्यो चौधरी फाउण्डेसनले संचालन गरेको कृतिम हात खुट्टा जडान शिविर ।
चौधरी फाउण्डेसन, काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पताल, भगवान महाविर विकलाङ्ग सहायता समिति र भारतीय दुतावाससको समन्यमा सो शिविर संचनलन गरीको थियो । शिविरमा नवलपुरको सहज सामुदायिक अस्पतालबाट मात्रै ४१८ जना र काठमाडौंबाट ५८ जना गरि ४ सय ७६ जनाले कृत्रिम हात खुट्टा जडान गरेका थिए । शिविरको बिहिबार नवलपुरको सहज सामुदायिक अस्पताल गैंडाकोट ४ मा समापन गरिएको छ । समापन समारोहमा सहज सामुदायिक अस्पतालका पुर्व अध्यक्ष करुणासागर सुवेदीले ५२ जनालाई हात, ३७१ जनालाई खुट्टा, ६४ जनालाई दुवैखुट्टा, १३ जनालाई क्यालिपर, ८ जनालाई दुवै क्यालिपर गरि ४ सय ७६ जनालाई ५ सय ८ वटा सामाग्री प्रदान गरिएको जानकारी दिए । कार्यक्रममा चौधरी उद्योग ग्रामका प्रवन्धक सनिल नेपालले ६२ जिल्लाका ३ सय ५९ जना पुरुष र ११७ जना महिलालाई सो सेवा उपलव्ध गराईएको बताए ।

पुस २७ देखि ३० गते सम्म काठमाडौंको नर्भिक अस्पताल र गत माघ ३ गतेदेखी ८ गतेसम्म सहज सामुदायिक अस्पताल गैंडाकोटमा शिविर सञ्चालन भएको थियो । शिविरमा ६२ जिल्ला मध्ये सवैभन्दा बढि नवलपरासीबाट ९८ जना, चितवनबाट ७९, रुपन्देहीबाट २९, तनहुँबाट २५ र मकवानपुरबाट २३ जनाले कृत्रिम हातखुट्टा जडान गरेका छन् । नेपालमा करिब एक लाख मानिसका लागि कृतिम हात खुट्टाको आवस्यकता रहेको अनुमान छ ।

कृत्रिम हात खुट्टा जडानका लागि सेन्टर
नेपालमा अझै कृत्रिम हात खुट्टाको माग रहेकाले सहज अस्पतालमा एक सेन्टर स्थापना गर्ने तयारी भईरहेको सो अवसरमा जनाईएको छ । समापन कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले कृत्रिम हात खुट्टा जडानका लागि एक सेन्टर आवश्यक रहेकोमा जोड दिए । नगरपालिकाले पनि यसअघि यस्ता कार्यक्रमलाई निरन्तरता दिएको वताउदै सहज सामुदायिक अस्पताललाई सेन्टर बनाउने कार्य भईरहेको र सो कार्यलाई नगरपालिकाले सहयोग गर्ने बताए ।
कृतिम हात हात खुट्टा जडान शिविर विहिवार सहज सामुदायिक अस्पतालका उपाध्यक्ष डिल्लीप्रसाद सिग्देलको अध्यक्षतामा समापन भएको थियो ।

Share.

Leave A Reply