play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ६९ जनाको शव फेला

0

फागुन ०९, बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ । बिहिबार विहान अस्थायी भवनहरु भएको ठाउँमा ग्यास सिलिन्डर विस्पोट भएर आगलागी भएको हो । अत्याधिक ज्वलनशील रसायन पदार्थ भएकाले आगो छिट्टो फैलिएको हो । आगलागीमा परी ६९ जनाको शव फेला परेको बंगालादेश फायर सर्भिस प्रमुख अली अहमदले बताएका छन् । उनले मृतकको संख्या बढ्न सक्ने जानकारी दिएका छन् ।
बाक्लो बस्ती र व्यवसायिक पसल तथा रेस्टुरेन्टभएकोले आगो छिट्टो फैलिएको अहमदले बताए ।दमकलकर्मीहरुका अनुसार आगलागीमा महिला तथा बालबालिका धेरै घाइते भएका छन् । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । फायर विभागका अधिकारीहरुले मुख्य शहर भएकोले सडकमा जाम बढेपछि घाइतहरुलाई समयमा नै उद्दार गर्न कठिन भएको बताएका छन् । ढाका मेडिकल कलेजले घाइतेमध्ये ४५ जनाको अवस्था चिन्ताजनक भएको भारतीय समाचार संस्था जागरणलाई बताएको छ ।

Share.

Leave A Reply