बजाज अब गैंडाकोटमा

0

फागुन ८, भरतपुर ।

बजाज मोटरसाइकलको चितवनका लागि आधिकारिक बिक्रेता नारायणी मोटर्सले गैंडाकोटको कालीगण्डकी चोकमा पनि आफ्नो सर्भिस पोइन्ट थपेको छ । सोही सर्भिस पोइन्टलाई सोरुमको रूपमा बिस्तार गरिने उसले बताएको छ । एबीसी नारायणी मोटर्सको नाममा सञ्चालन हुने उक्त सोरुममा १२५ देखि ४०० सीसी तथा रु १ लाख ६३ हजार ९ सय देखि ५ लाख ८९ हजार ९ सम्मका मोटरसाइकल उपलब्ध हुने उसले जनाएको छ । नारायणी मोटर्सको अहिले रामपुर र चनौलीमा पनि सर्भिस पोइन्ट रहेको छ । उसले पार्वतीपुर र मेघौलीमा पनि सेवा विस्तार गर्न अध्ययन भइरहेको जनाएको छ ।

Share.

Leave A Reply