play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

पर्यटक आकर्षण गर्न सफा नेपाल अभियान

0
फागुन ८, भरतपुर ।
नेपाल भ्रमण वर्ष २०२० मा अत्यधिक मात्रामा पर्यटकहरू भित्र्याउने उद्देश्यका साथ भरतपुरमा रहेको वे ग्रुपले ‘सफा नेपाल’ अभियान सुरु गरेको छ । पर्यटकीय स्थल सफा भएमा मात्र पर्यटक बढ्ने भन्दै उसले मंगलबारदेखि अभियान सुरु गरेको हो । यसै मौकामा हरेक नेपालीले आफ्नो स्थानमा रहेर पर्यटन वर्ष सफल पार्न सक्ने ग्रुपका संयोजक भोज नारायण कंडेलले बताउनुभयो । नेपाल सफा, स्वच्छ र हराभरा रहे सरकारले अनुमान गरेको २० लाख भन्दा बढी पर्यटकहरू भित्र्याउन सकिने उहाँले औंल्याउनुभयो । यसै साता ग्रुपले आफ्नो अभियानको १४६ औं शृंखला पुरा गरेको उल्लेख गर्दै उहाँले अब नेपाल सफा देश भएको चित्र सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । वे ग्रुपले सुरु गरेको सफा नेपाल अभियानलाई भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन लगायतका संघसंस्थाहरूले पनि साथ दिएका छन् । २०७३ सालको जेठ महिनाबाट वे ग्रुपले साप्ताहिक रूपमा राजमार्ग र बाटाघाटा केन्द्रित सरसफाई गर्दै आएको छ ।

 

Share.

Leave A Reply