अख्तियारमा आकस्मिक बैठक, राजिनामा दिएका आयुक्त पाठकमाथि अनुसन्धान गर्ने निर्णय

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि राजिनामा दिएका आयोगकै आयुक्त राजनारायण पाठकविरुद्ध आफैले अनुसन्धान गर्ने निर्णय गरेको छ ।

अख्तियारले आयुक्त पाठकमाथि छानबिन गर्छ कि गर्दैन भनेर सर्वत्र चासो भइरहेका बेला प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्तहरु डा.गणेशराज जोशी र डा.सावित्री गुरुङ, अख्तियार सचिव महेश्वर न्यौपाने र वरिष्ठ कर्मचारी सम्मिलित बैठकले अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार बैठकले आयुक्तको रुपमा रहँदा पाठकले गरेका कार्यसम्पादनको अनुसन्धान र सम्पत्ति पनि छानबिन गर्ने निर्णय गरेको छ ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादबारे आयोगमा परेको उजुरीमा ७८ लाख रुपैयाँ घूस लिएको समाचार सार्वजनिक भएपछि पाठकले राजिनामा दिइसकेका छन् । महाअभियोगबाट बच्न हतारमा उनले राजिनामा दिएपछि उनीविरुद्ध कस्तो कारबाही हुन्छ भनेर सर्वत्र चासोका साथ हेरिएको छ ।

Share.

Leave A Reply