play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा

0

फागुन, ५ ।
भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान कोलम्बियाको सीमावर्ती शहर कुकुटा पुगेको छ । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवा गुइदोको आग्रहमा अमेरिकाले मानवीयता सहायता पठाएको हो । नेता गुइदोले फेब्रुअरी २३ देखि स्वयम्सेवकहरुको सहयोगमा ती सामग्री भेनेजुएला लगिने बताएका छन् । अमेरिकी सहयोग नियोगका प्रशसक मार्क ग्रिनले भेनेजुएलामा देखिएको मानवीय संकट समाधानका लागि विपक्षी नेताको आग्रहमा ती सामग्री दिइएको बताए । उनले बालबालिकाहरु भोकभोकै पर्ने अवस्था आएको र अस्पतालहरुमा औषधि अभाव हुन थालेपछि आफूहरुले मानवीय सहायता उपलब्ध गराएको बताए । भेनेजुएलाका ३० लाख नागरिक खाना र औषधिको खोजी गर्दै छिमेकी मुलुकमा पुगेको दाबीसमेत उनले गरे ।

Share.

Leave A Reply