play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

दुध संकलन,ढुवानी र व्यवस्थापन तालिम

0

चितवन, फागुन ४ ।
रत्ननगर १३ जयमंगलामा स्वच्छ दुध संकलन,ढुवानी र चिस्यान व्यवस्थापन सम्वन्धी एक हप्ते तालिम शनिवार सकिएको छ । पशुपंक्षी विकास मन्त्रालय अन्र्तगतको विकेन्द्रित आयोजना सहयोग इकाई हेटौडाले जयमंगला दुग्ध उत्पादक सहकारी संस्थामा तालिम आयोजना गरेको थियो । राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य एवंम् केन्द्रित दुग्ध उत्पादक सहकारी संघका सदस्य भागीरथ तिमल्सीनाको प्रमुख आतिथ्यतामा भएको सामापन कार्यक्रममा स्वच्छ दुध उत्पादनमा कृषक,सहकारीका कर्मचारी,उद्योग जिम्मेवारी वन्नु पर्ने औल्याईयो । प्रमुख अतिथी वोर्डका सदस्य तिमल्सीनाले दुधबाट आर्थिक प्रगति गर्न दुग्ध उत्पादक सहकारीहरु मिलेर ठुला फर्म,डेरी उद्योग स्थापना गर्नु पर्ने वताए । जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर वगालेले दुधमा मिसावट भएको समाचार आईरहेका वेला उत्पादनसंगै गुणस्तरीयतामा ध्यान दिनु पर्ने वताए । विकेन्द्रित आयोजना सहयोग इकाई हेटौडाका प्रमुख डाक्टर सुरेन्द्र यादवले दुधको पदार्थमा स्वच्छता तथा गुणस्तर निर्देशिका २०७५ यही चैत पहिलो साता ल्याउन लागेको जानकारी दिए । चितवन र मकवानपुरका १५ जना दुध संकलन,व्यवस्थापक सहभागी तालिममा डाक्टर यादव,डाक्टर रमेश ज्ञवाली,डाक्टर विजय श्रेष्ठ,कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका शिवप्रसाद आचार्यले सहजीकरण गरेका थिए ।

Share.

Leave A Reply