बीरेन्द्रनगर तालिम केन्द्रको पानीमा कोलिफर्म भेटियो

0

चितवन, फागुन ४ ।
सरसफाईकै तालिम चलिरहेका वेला राप्ती नगरपालिका बीरेन्द्रनगर स्थित कृषि विकास वैंक लि. मध्यमाञ्चल क्षेत्रीय तालिम केन्द्रमा पानी प्रदुषण रहेको भेटिएको छ । तालिम केन्द्रमा डिप बोरिङबाट निकालिएको पानी प्रयोग गरिदै आएको छ । सोही पानीमा कोलिफर्म ( दिसामा पाईने जिवाणु ) रहेको शनिवार पुष्टि भएको हो । तालिम केन्द्रमा फागुन १ गतेदेखी वातावरण संरक्षण शिविर ( एक्का ) नामक गैरसरकारी संस्थाले खानेपानी शुद्धिकरण र स्वास्थ्य सम्वन्धी तालिम संचालन गरिरहेको छ । तालिमको पहिलो दिनमै यहाँ रहेको पानीको अवस्था थाहा पाउन जाँच गर्दा कोलिफर्म रहेको पुष्टी भएको एक्काका कार्यक्रम अधिकृत शम्भु महर्जनले जानकारी दिए । पहिलो दिनमै पानी जाँच गरिएपनि त्यसको तीन दिन पछि कोलिफर्म रहेको पुष्टी भएको उनले वताए । तालिममा सहभागी हुन आएकाहरु क्यान्टिनको अवस्था र पानीमा शंका लागेर अन्यत्र वसेका राष्ट्रिय आधारभूत विद्यालय कालिटारका प्रधानाध्यापक दिपककुमार श्रेष्ठले वताए । । तालिम केन्द्रमा आवासीय सुविधा पनि छ । यहाँ चितवन जिल्ला वाहिरबाट पनि तालिमका लागी आउने गर्छन् ।

Share.

Leave A Reply