play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

आयल निगमका पूर्व निर्देशक गोपाल खड्का दुई करोड ५० लाख धरौटी बुझाएर छुटे

0

माघ २९, १८ करोड ६६ लाख बराबर भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन् । खड्का विशेष अदालतलाई २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । विशेष अदालतका न्यायाधीशहरु बाबुराम अर्याल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले खड्कालाई धरौटीमा रिहा गर्ने फैसला सुनाएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक खड्काको जमानी बसेको छ ।नेपाल आयल निगममा रहँदा खड्काले १८ करोड ६६ लाख रुपैँया गैरकानुनी रुपमा कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

Share.

Leave A Reply