play_circle_outline On Air

फन फन्नी

play_circle_outline On Air

फन फन्नी

धुर्मुसले चितवनमा अन्तराष्ट्रिय रगंशाला बनाउन मलेसियामा ३५ लाख जुटाए

0

माघ २९, चितवनको भरतपुरस्थित रामपुरमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग जुटाउन विदेश भ्रमणमा निश्किएका सीताराम कट्टेल ‘धुर्मुस’ले मलेसीयामा सहयोग रकम जुटाएका छन् ।उनले मलेसियाबाट सहयोगार्थ ३५ लाख ७१ हजार रुपैयाँ जुट्न सफल भएको जानकारी दिएका छन् । ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ नामक सांस्कृतिक कार्यक्रमबाट उक्त सहयोग जुटेको धुर्मुसले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।मलेसियाका तीनवटा शहरहरु क्वालालम्पुर, जोहोर बाहु र पेनाङमा कार्यक्रम गरिएको धुर्मुसले जानकारी दिए । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्योभन्दा बढी स्वःस्फुर्त तिनवटै कार्यक्रममा रंगशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग पनि खुलेर गर्नुभयो ।’
कार्यक्रम स्थलबाट २० लाख ७१ हजार रुपैयाँ र आयोजक सिटी एक्सप्रेसको तर्फबाट १५ लाख रुपैयाँ प्राप्त भएको उनले जनाएका छन् । साथै यो अभियानलाई सहयोग गर्न फेरि मलेसिया भ्रमणका लागि नेपाली दाजुभाई दिदीबहिनीले निम्तो गरेको उनले जनाएका छन् ।धुर्मुस सुन्तली फाउन्डेसनले ३ अर्बको लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । रगंशालाको अहिले डीपीआरको काम चलिरहेको छ ।

Share.

Leave A Reply