play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

नारायणीमा पानीजहाज चलाउन सम्भव, एक वर्षभित्र सञ्चालन गर्न सकिने

0

माघ २९ । भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ ।भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारतका जलस्रोत, नदी विकास तथा गंगा संरक्षणमन्त्री नितिन गडकरीबीच मंगलबार भएको द्विपक्षीय भेटवार्ताकाक्रममा भारतीय पक्षले सो आग्रह गरेको हो ।नेपाल सरकारलेसमेत पानीजहाज सन्चालनका लागि कार्यालय स्थापना गरेको र अध्ययनको प्रक्रियासमेत सुरु गरेको सन्दर्भमा भारत सरकारले नै नेपाल–भारत सीमा क्षेत्रसँग पानीजहाज सन्चालनका लागि आवश्यक तयारी गरेको र एक वर्षभित्र सो कार्य सम्पन्न हुनेसमेत जानकारी गराएको हो ।कोलकाता हुँदै हल्दियादेखि नारायणी नदी तथा दुई देशको सीमा त्रिवेणीघाटसम्मको जल यातायात मार्गको निर्माण सम्पन्न हुने भन्दै भारतीय पक्षले त्यसबाट नेपालले बढीभन्दा बढी लाभ लिनसक्ने बताएको थियो ।
भेटमा सहभागी भएका नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जल यातायातको क्षेत्रमा भइरहेको प्रगतिका विषयमा मन्त्री पुन र भारतीय मन्त्री गडकरीबीच महत्वपूर्ण छलफल भएको जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा गरेको भारत भ्रमणमासमेत पानीजहाज सन्चालनको विषयमा भारतीय पक्षसँग महत्वपूर्ण छलफल गरेको सन्दर्भमा मंगलबार मन्त्रीस्तरीय छलफल भएको हो ।जल तथा ऊर्जा आयोगको सचिवालयले जल यातायात र पानीजहाज सन्चालनका विषयमा अध्ययन गरिरहेको छ ।भारत सरकारले कोलकातादेखि वनारससम्म पानीजहाज सन्चालनमा ल्याइसकेको छ ।
सरकारले केही दिनपहिलेमात्रै पानीजहाज सन्चालनका लागि प्रशासनिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो ।सो कार्यालयका लागि १६ जनाको जनशक्ति राख्ने तय गरिएको छ ।यसअघि, जल तथा ऊर्जा आयोगको सचिवालयले पनि पानीजहाज सन्चालनका लागि समिति गठन गरेर अध्ययन गरिरहेको छ ।प्रारम्भिक अध्ययनअनुसार कोसी र नारायणी नदीमा पानीजहाज चलाउन सकिने देखिएको छ ।नेपालमा यसअघि वि.सं. २०२७ मा नै पानीजहाजसम्बन्धी कानुनी प्रबन्ध गरिएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको छलफलका आधारमा सरकारले जलमार्गकाबारेमा भारतीय पक्षसँग द्विपक्षीय परामर्शका लागि संयन्त्र नै बनाएको छ ।भारतले कोलकातादेखि हल्दिया हुँदै बनारससम्म करिब एक हजार ४०० किलोमिटर लामो जलमार्ग निर्माण गरिरहेको छ ।मन्त्री पुन र भारतीय जलस्रोतमन्त्री गडकरीबीच मंगलबार भएको छलफलमासमेत पानीजहाज र जल यातायातको विषयमा महत्वपूर्ण संवाद भएको र त्यसले छिट्टै परिणाम दिने भेटमा सहभागी प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ ।
विगतमा भएको नेपाल र भारतका अधिकारीबीचको छलफलमासमेत गन्डकी नदीमा नै पानीजहाज सन्चालनमा ल्याउन सकिने विषयमा सहमति भएको थियो ।द्विपक्षीय भेटवार्तामा लामो सममयदेखि अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुद्देश्यीय आयोजनाकाबारेमा विचार–विमर्श भएको थियो ।आयोजनाको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको भएपनि त्यसलाई अन्तिमरुप दिन सकिएको छैन ।मन्त्री पुन र भारतीय मन्त्री गडकरीबीच भएको छलफलमा छिट्टै सो आयोजनाकाबारेमासमेत उचित निष्कर्षमा पुग्ने विषयमा महत्वपूर्ण विचार–विमर्श भएको थियो ।आयोजनाका सम्बन्धमा प्राविधिक तथा कर्मचारी तहमा भएको प्रगतिलाई अध्ययन गरेर कुनै न कुनैरुपमा निर्णय गरिने भएको छ ।राजनीतिक तहबाटै केही समस्याको हल खोल्ने कि भन्नेबारेमासमेत उनीहरुबीच परामर्श भएको थियो ।दुई देशका ऊर्जा तथा जलस्रोत सचिव एवं, सहसचिवस्तरीय छलफल एवं बैठकमा भएका प्रगतिकाबारेमासमेत उनीहरुबीच कुराकानी भएको भेटमा सहभागी प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ ।दुई देशबीच ऊर्जा, जलस्रोतको क्षेत्रका के–कसरी प्रगति गर्ने र लगानीका आयामहरु के–कस्तो हुनसक्छन् भन्नेमासमेत छलफल भएको थियो ।भेटवार्तामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पूरीलगायतको सहभागिता थियो ।रासस

Share.

Leave A Reply