सिनर्जीको ‘प्रोफेशनल एजुकेशन पब्लिक स्पिकिङ्ग च्याम्पियन’को भरतपुर अडिसन शुरु

0

प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९ को भरतपुर अडिसन आजबाट शुरु भएको छ । यश अघि एफएमले पुर्वी चितवन, गैंडाकोट र माडीका विभिन्न कलेज र विद्यालयमा पुगेर अडिसन सम्पन्न गरिसकेको छ । भरतपुरको अडिसन भने आज बालकुमारी कलेज नारायणगढ बाट सुरु गरिएको हो । बालकुमारी कलेजमा सम्पन्न भएको अडिसन बाट ५ जना विद्यार्थी दोस्रो चरणको लागि प्रवेश गरेका छन्।

बालकुमारी कलेज बाट अनुसा सुवेदी, प्रकृति न्यौपाने, प्रियान्सु महत , विश्वास अधिकारी र आदिकवि भानुभत्त माध्यमिक विद्यालयकि कन्चन वगाले दोस्रो चरणमा प्रवेश गरेको लेखक तथा प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९ अडिसनका निर्णायक प्रवेश किरण अधिकारीले जानकारी दिए । कार्यक्रममा भरतपुरका ४ विद्यालयका १७ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

एफएमले विभिन्न विद्यालय र कलेजमा नै पुगेर विद्यार्थीहरु भित्र लुकेको वाक कलालाई उजागर गर्ने उद्देश्यले पब्लिक स्पिकिङ्ग च्याम्पियनको अडिसन गर्दैछ । सिनर्जी एफएमका स्टेसन म्यानेजर रामकान्त पौडेलका अनुसार आज बाट शुरु भएको भरतपुर अडिसन अन्तर्गत भरतपुरका विभिन्न ८ विद्यालय र कलेजमा पुगेर अडिसन गरिने छ । यसअघि सिनर्जी एफएमले पुर्वी चितवनमा गरेको अडिसन चरण बाट १५ जना, गैंडाकोट अडिसनबाट १३ जना र माडी अडिसनबाट ४ जना विद्यार्थी दोस्रो चरणका लागि छनि सकेका छन् । सिनर्जी एफएमले शुरु गरेको बक्तित्वकला प्रतियोगिता अर्थात प्रोफेशनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९ को अडिसन चितवन र नवलपुरका विद्यालय र कलेजमा नै पुगेर गरिने उद्देश्यका साथ संचालन भएको हो । विभिन्न चरणमा गरेर तिन महिना सम्म चल्ने प्रतियोगीतामा ४०० विद्यार्थीहरूको सहभागिता रहने जनाएको छ । अडिसन चरणबाट ६० जना विद्यार्थी लाई दोश्रो चरणमा प्रवेश गराउने एफएमका स्टेशन म्यानेजर पौडेलले जानकारी दिए । उनका अनुसार तेश्रो चरणमा ३० र अन्तिम चरणमा १० जना विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाबाट प्रथम हुनेले नगद एक लाख, द्वितीय हुनेले नगद ५० हजार र तृतीय हुनेले नगद २५ हजारको साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।बोल्ने प्रतिभा भएर पनि अवसर नपाउँदा प्रतिभा लुकाएर बस्न बाध्य भएका विद्यार्थीको लागि यस प्रतियोगिता फलदायी हुने एफएमले बिश्वास लिएको छ । प्रतियोगितामा सबै उमेर समूहले सहभागीता जनाउन पाउने व्यवस्था गरिएको छ । प्रोफेशनल एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन, हानामी इन्ट्रनेश्नल एजुकेसनको प्रायोजन र बेङ्गलोर टेक्नोलोजिकल इन्स्च्यिुटको सह प्रायोजनमा प्रतियोगीता संचालन गरिएको हो ।कार्यक्रमको एसएसएस साउण्ड सिस्टम आधिकारीक साउण्ड रहेको छ भने अफिसियल टेलिभिजन आभाष टेलिभिजन, अफिसियल अनलाईन नारायणी अनलाईन र भिन्दैकुरा डट कम रहेका छन् । विस. २०५८ साल कार्तिक २६ गते स्थापना भएको सिनर्जी एफएमले विभिन्न अवसरमा स्थानीय र श्रोतामुखी कार्यक्रमहरू गर्दै आएको छ ।

Share.

Leave A Reply