ट्यांकरको ठक्करबाट नवलपरासीमा २ जनाको मृत्यु

0

नवलपरासी,माघ,२९ ।
पूर्वी नवलपरासीको डन्डामा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा बा ३ ख ९१५८ नम्बरको दूध बोक्ने ट्ंयाकरले बा २८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका २ बस्ने करिब ४० वर्षीय युवराज घिमिरे र मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी ३६ वर्षीय पिताम्बर पाठक छन् । उनीहरुलाई गएराति १० बजेतिर ट्यांकरले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

Share.

Leave A Reply