play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

सिनर्जी एफ एम ले आयोजना गरेको पब्लिक स्पिकिङ च्याम्पियन प्रतियोगिताको अडिसन आज भरतपुरबाट सुरु

0

चितवन, माघ, २९ ।
सिनर्जी एफ एम ले आयोजना गरेको प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९ अन्र्तगत आज बाट भरतपुर अडिसन सुरु भएको छ । जस अन्तरर्ग पहिलो दिन बालकुमारी कलेज नारायणगढमा अहिले अडिसन जारी छ । १६ जना प्रतिस प्रधिहरुले आफ्नो बक्तृत्व कलाको अडिसन दिईरहेका छन । आजै भरपुरका ८ स्थानमा अडिसन हुदैछ । पूर्वी चितवन, गैडाकोट र माडिका विद्यालय र कलेजमा नैपुुगेर एफएमले विद्यार्थीहरु भित्र लुकेको वाक कलालाई उजागर गर्ने उद्देश्यले पब्लिक स्पिकिङ्ग च्याम्पियनको अडिसन गरिसकेको छ । सिनर्जी एफएमका स्टेसन म्यानेजर रामकान्त पौडेलका अनुसार आज बाट सुरु भएको भरतपुर अडिसनमा भरतपुरका ८ वटा कलेज तथा विद्यालयमा नै पुगेर गरिने छ । अडिसन चरणबाट ६० जना विद्यार्थी लाई दोश्रो चरणमा प्रवेश गराउने र तेश्रो चरणमा ३० र अन्तिम चरणमा १० जना विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाबाट प्रथम हुनेले नगद एक लाख, द्वितीय हुनेले नगद ५० हजार र तृतीय हुनेले नगद २५ हजारको साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बोल्ने प्रतिभा भएर पनि अवसर नपाउँदा प्रतिभा लुकाएर बस्न बाध्य भएका विद्यार्थीको लागि यस प्रतियोगिता फलदायी हुने एफएमले बिश्वास लिएको छ । प्रतियोगितामा सबै उमेर समूहले सहभागीता जनाउन पाउने व्यवस्था गरिएको छ । प्रोफेशनल एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन, हानामी इन्ट्रनेश्नल एजुकेसनको प्रायोजन र बेङ्गलोर टेक्नोलोजिकल इन्स्च्यिुटको सह प्रायोजनमा प्रतियोगीता संचालन गरिएको हो ।कार्यक्रमको एसएसएस साउण्ड सिस्टम आधिकारीक साउण्ड रहेको छ भने अफिसियल टेलिभिजन आभाष टेलिभिजन, अफिसियल अनलाईन नारायणी अनलाईन र भिन्दैकुरा डट कम रहेका छन् । विस. २०५८ साल कार्तिक २६ गते स्थापना भएको सिनर्जी एफएमले विभिन्न अवसरमा स्थानीय र श्रोतामुखी कार्यक्रमहरू गर्दै आएको छ ।

Share.

Leave A Reply