play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रेम दिवसमा पर्यटन बढाउन सौराहामा फुड फेस्टिवल

0

चितवन ,३ माघ ।

चितवनको पर्यटकीय नगरी सौराहामा १३ औं संस्करणको फुड फेस्टिवल सुरु भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रेम दिवसको अवसरमा आयोजना गरिएको फेस्टिवलको सोमवार पुर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरे । रत्ननगर–७ स्थित सिसुवार चौरमा सुरु भएको फेस्टिवल फाल्गुण ३ गते सम्म चल्नेछ ।

केके छ फेस्टिवलामा
नेपाली खाना मात्र नभई फुड फेस्टिवलमा विदेशी खानको परिकार समेत राखिएको छ । फेस्टिवलमा ५० वटा खानाको स्टल र ५ वटा प्रदर्शनी स्टल रहने छन् । संस्कृति संरक्षणसंगै स्थानीय स्तरमा उपलब्ध हुने खानाको गुणस्तर वृद्धि गर्ने फेस्टिवलकोे अर्को उद्देश्य रहेको फेस्टिवलका संयोजक धुर्व गिरीले बताए । फेस्टिवल परिसरमा थारु समुदायको परम्परागत घर बनाएर सो घरबाट चिचर र घोँगी खाने व्यवस्था मिलाइएको छ । फेष्टिवलमा प्रथम मेयर कप भलिवल प्रतियोगिता, रेष्टुरेन्टका कर्मचारी बीच बेटर रेस, प्रेमपत्र लेखन, बालबालिका बीच बेलुन फुटाउने, उत्कृष्ट खाना, घैला रंगाउने प्रतियोगिता समावेश गरिएको संयोजक गिरीले जानकारी दिए । रेवान सौराहाले प्रत्येक वर्ष प्रेम दिवसको अवसर पारेर आन्तरिक पर्यटक प्रर्वद्धन गर्ने उद्देश्य फेस्टिवल आयोजना गर्दै आएको छ । फेस्टिवलमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत विशेष प्रस्तुती देखन पाईन्छ । यस पटको फेस्टिवलाई आयोजकले प्लाष्टिक न्यूनीकरणमा जोड्दिएको छ । फेस्टिवलमा अबको पाँच वर्ष भित्र प्लाष्ट्रिकको प्रयोग शुन्य गर्ने गरी वैकल्कि कुराहरुको साहयोग लिएको छ । प्राकृतीक सौन्र्दयता, चितवन सौराहाको विशेषता भन्ने नारा सहित आयोजाना भएको फुड फेष्टिवलमा डेढ करोड देखि २ करोडको हाराहारीमा आर्थिक कारोवार हुने अपेक्षा छ । आयोजकले ५ दिन सम्म चल्ने महोत्सवमा दैनिक १५ हजार दर्शक आउने अनुमान गरेको छ।

सौराहाको विकासका लागि सिटिहल – मन्त्रि पाण्डे
फेष्टिवलको उद्घाटन गर्दै नेता पाण्डेले सौराहाको विकासका लागि सिटिहल निर्माणको काम सुरु भइसकेको बताका छन् । उनले १५ सय क्षमताको सिटिहलको डिपिआरको काम सुरु भएको बताए । उनले भने – पर्यटकीय नगरी सौराहामा बन्ने सिटिहलमा अन्तराष्ट्रिय स्तरको गोष्ठि हुनेछन्, अनि विश्वले सौराहा चिन्ने छन् । आफ्नो ठाउँ बनाउनको लागि आफु पनि सक्रिय हुनुपर्ने बताउदै नेता पाण्डेले राप्ती नदीको बाढी बाट सौराहामा कुनै क्षती नहोस् भनेर लोथर देखि सौराहा सम्म क्रक्रिटवाल बनाउने गरी काम भएको बताए । राप्ती,खैरहनी, रत्ननगर र कालिका नगरपालिका लाई एकिकृत शहरी विकास आयोजनाको रुपमा अगाडि बढाईने उनले बताए । जसले गर्दा यस क्षेत्रको विकास र रोजगारीको ढोका छिट्टै खुल्नेछ । उनले भने यसो भएमा सौराहा पर्यटकीय क्षेत्रमात्र नभएर आर्थिक हिसाबले पनि सौराहाले फड्को मानेछ ।

देश भित्रबहिर सौराहाको प्रचरमा जुटौं – मेयर बन
रात्ननगर नगरपालिकाका मेयर नारायण बनले नेपालमा भित्रिने कुल पर्यटनको ५० प्रतिशत पर्यटन सौराहा भित्र्याउन लाग्नु पर्ने बताए । फुड फेस्टिवलमा उनले भने सरकारको सहयोग छ, अब पर्यटन व्यवसायी र स्थानीय लागेर सौराहालाई देशको तेस्रो बाट दास्रो पर्यटकीय स्थल बनाउन जुटौं । बनले भने वर्तमान पुर्वधारले नपुगेको हो भने केके चाहिन्छ थपौ तर देश भित्रबहिर सौराहाको प्रचरमा जुटौं । उनले विपद् जोखिमलाई हेरेर उद्धार केन्द्रि ( रेसक्यू सेन्टर ) सहित सौराहामा वाटर फिसिङ्ग, भ्युटावर, सुचना बोर्ड र बस पार्क बनाउनै पर्ने बताए ।

फुड् फेष्टिवलले सौराहाको पर्यटनमा पार्ने प्रभाव
चितवनमा वार्षिक २ लाख पर्यटन भित्रीने गरेको तथ्यांक छ । त्यसको ८० प्रतिशात पर्यटक सौराहा आउने गरेका छ्न् । आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले फेष्टिवल सौराहाको पर्यटनमा थप टेवा पुगेको वताउछ्न् । उनले भने – “यो समय विदेशी पर्यटकहरु कम हुने भएकाले आएका पर्यटकको बसाई लम्ब्याउन र स्वदेशी पर्यटनको संख्या बढाउन फेस्टिवल आयोजना गरिएको हो । ” यस्तो कार्यले सौराहाको थप पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने समेत उनि वताउछन् । विदेशी पर्यटकहरु स्थानीय संस्कृती हेर्न आउने हुदा पनि फेस्टिवल पर्यटन विकासको लागि कोशेढुङ्गा साबित हुने अयोजक बताउछन् । नेपालको दोस्रो गन्तव्य सौराहामा निकुञ्ज सफारी , जीव सफारी , डुङ्गा सयर , थारु संस्कृतिको अवलोकन , हात्ती प्रजनन केन्द्र , सुर्यस्तको रमणीय दृश्य लगायतले पर्यटन सौराहामा रमाउने गर्छन ।
फुड फेस्टिवल अघि शोभा यात्रा
फेष्टिवल उद्घाटन अघि वृहत शोभायात्रा निकालिएको थियो । विभिन्न सास्कृतिक झाँकी, थारु, कुमाल, बोटे लगाएतका जातीय पहिचान झल्कने भेषभुषा, बाजागाजा सहित सौराहाको राप्ती नदिकीनार बाट निस्केको शोभा यात्राले सौराहाका विभिन्न ठाउँ परिक्रमा गरेको थियो । झण्डै तीन हजार बढीको सहभागीता रहेको शोभायात्रामा उपस्थितले आफ्नो पहिचान झल्काउने पोसाक सहित उपस्थित थिए । शोभा यात्रामा सहभागी उत्कृष्ठ झाँकी लाई आयोजकले नगद सहित पुरस्कृत समेत गरेको थियो ।

फेष्टिवलको आम्दानी सामाजिक काममा
फेष्टिवलबाट भएको आम्दानीबाट आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने, उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने, घुम्ती शौचालन सञ्चालन गर्ने, सौराहाको सरसफाईमा खर्च गरिने वताइएको छ । फेष्टिवल उद्घाटन कार्यक्रममा रेवान सौराहाले शारिरीक रुपमा अशक्त स्थानीय जीवन चौधरी, डोनिस तमाङ्ग र सुखाडी माझीलाई व्हील चियर प्रदान गरिएको थियो । फेस्टिवलको उद्घाटनकार्यक्रममा महा वाणिज्य दुत रमेश चतुरवेदी, जिल्ला समन्वय समितीका कृष्ण डल्लाकोटी, रेवान सौराहाका संस्थापक अध्यक्ष बलराम दाहाल, संरक्षण कर्मी वासुदेव ढुङ्गाना, थारु कल्याणकारी सभा चितवनका सभापति ललित चौधरी रेवान महिला समुहकी अध्यक्ष माला दाहाल,नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष विविता चौधरी लगायतले मन्तव्य राखेका थिए । आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फेष्टिवलका संयोजक ध्रुव गिरीले स्वागत मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply